१० चैत्र २०८२, मंगलबार | March 24, 2026

विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने



काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकले विसं २०८० कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यकारी समितिले बिहीबार गरेका निर्णय पनि अनुमोदन गरेको छ । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विपद् प्रभावित ७१ स्थानीय तहलाई तीन वर्गमा विभाजन गर्ने निर्णय गरेको थियो ।

सोअनुसार अतिप्रभावित स्थानीय सरकारलाई रु एक करोड, प्रभावितलाई रु ७५ लाख र सामान्य प्रभावितलाई रु ५० लाख सहयोग दिने कार्यकारी समितिको सिफारिसलाई आजको राष्ट्रिय परिषद्को बैठकले अनुमोदन गरेको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

गत वर्ष कात्तिकमा बसेको परिषद्को १३औँ बैठकले त्यसअघिका विपद्जन्य घटनाका पीडितलाई राहत दिएको जनाइएको छ । बैठकले विपद्जन्य घटनामा परी मृत भएका सबैलाई श्रद्धाञ्जलि अर्पण पनि गरेको छ । यसैगरी बैठकले भारी वर्षालगायत वर्षभरका विपद्ले गरेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने निर्णय पनि गरेको छ । यस्तो विवरण जतिसक्दो छिटो सङ्कलन गर्न बैठकले सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएको छ ।

यसैगरी बैठकले विसं २०८० कात्तिकपछि भएका विपद्का सबै घटनालाई समेटेर राहत दिने निर्णय गरेको सहसचिव अधिकारीले सुनाए । पुनःनिर्माण, पुनःस्थापना र अस्थायी आवास निर्माणका लागि पनि गत वर्षदेखिका सबै पीडित समेटिने गरी परिषद् बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले खोज, उद्धार र राहतमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पुनःनिर्माण, पुनःस्थापना एवं अस्थायी आवास निर्माणका कार्यक्रम समयसीमा तोकेर सक्दो छिटो गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याइने गरी काम थाल्ने पनि निर्णय गरिएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र सातै प्रदेशका मुख्यमन्त्रीलगायत उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । तीनै तहका सरकारले प्राधिकरणसँग समन्वय गरेर विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि काम गर्ने निर्णय भएको प्राधिकरणका सहसचिव अधिकारीले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : ०१ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण