१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ’



मुगु । वन तथा वातवरणमन्त्री ऐनबहादुर शाहीले अत्यधिक हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । यसका लागि नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको राजधानी बाकुमा हुने कोप २९औँ बैठकमा आवाज उठाउने उनले बताए ।

कोप–२९ को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनमा काम गर्दै आएको साथसाथै फाउन्डेसनको संयुुक्त आयोजना आज यहाँ भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । “जलवायु परिवर्तनका असरले नेपाले ठूलो नोक्सानी बेहोरिरहेको छ । त्यसैले हरित गृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ । यस विषयमा कोप २९ औँ बैठकमा आवाज उठाउछु”, मन्त्री शाहीले भने ।

कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका साथै सिन्धुपाल्चोक, सोलुखुम्बुका जनप्रतिनिधि तथा अन्य सरोकार भएका निकायको समेत सहभागिता र कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

छायाँनाथ रारा नगरपालिका—९ का स्थानीय बिर्ख रोकायाले विश्व जलवायु परिवर्तनको असर विशेष गरी उच्च हिमाली क्षेत्रका बासिन्दाले धेरै भोग्नु परेको सुनाए । “आठ–दश वर्षअगाडि मानिसको घुँडासम्म पर्ने हिउँ अहिले पैतालसम्म पनि पर्दैन । गाउँ नजिकका पानीका मूल सक्दै गएका छन् । वर्षा हुने समयमा वर्षा हुँदैन, खेतीपातीमा राम्रो उत्पादन हुनै छाड्यो । सबैभन्दा बढी कर्णालीका बासिन्दाले जलवायु परिवर्तनको असर खेप्नु परेको छ”, उनले भने ।

खुम्बु पासङल्हामु गाउँपालिका सोलुखुम्वुका उपाध्यक्ष टासी लामा शेर्पाले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा सबैभन्दा बढी कृषि, पर्यटन र स्वास्थ्यमा असर पारेको बताए । यही असरकार कारण केही महिनाअघि थामेमा हिमताल फुटेर आएको बाढीले सिङ्गो बस्तीलाई क्षति गरेको उनले उल्लेख गरे ।

हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्याल्जन शेर्पाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारले स्थानीय सरकारलाई रु एक–एक करोड ससर्त अनुदानमा बजेट विनियोजित गर्नाका सङ्घीय जलवायु परिवर्तन ऐन ल्याउनुपर्ने सुझाव दिए ।

हिउँ चितुवाविज्ञ रिक्जिन फुम्जन लामाले जलवायु परिवर्तनका असरले पृथ्वीको तापक्रम बढ्दै जाँदा उच्च हिमाली क्षेत्रमा पाइने वन्यजन्तु अनुकूलनका लागि बासस्थान खोज्दै अन्यत्र जान थालेको बताए । उनले जनावरलाई आवश्यक आहारासमेत नभेटिने र मिचाहा प्रजातिका घाँस तथा झारपात फैलिँदै जानेलगायत समस्याले वन्यजन्तु लोप हुने खतरा बढ्दै गएको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ३८ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,