२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

पोखरामा तनाव, सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रमा निषेधाज्ञा



पोखरा । पोखरामा रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउको विषयलाई लिएर रास्वपा र सहकारी पीडितहरुले एकै समेयमा प्रदर्शन गर्ने भएपछि पोखरा महानगरका मुख्य स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले दुबैपक्षलाई संयमता अपनाउन अपिल पनि गरेका छन् । पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई संयमित रहन अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेका हुन् ।

पोखरामा अहिले दुवै पक्षको प्रदर्शनलाई मध्यनजर राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अदालत नजिकै दुबै पक्ष भेला हुन थालिसकेका छन् ।

रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुकहरुको प्रदर्शन सुरु भइसकेको छ ।

यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरूले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने पीडितहरुले घोषणा गरेका छन् ।

राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ ।

सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : ३५ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली