४ पुस २०८२, शुक्रबार | December 19, 2025

अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग



काठमाडौं । आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।

गृह श्रमिक सरोकार समाज नेपालले आज भृकुटीमण्डबाट र्‍याली निकालेर न्युरोड, वसन्तपुर हुँदै पुनःभृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । समाजका अध्यक्ष प्रभा पोख्रलले श्रम ऐन, २०७४ का प्रावधानमा गृह श्रमिकको स्पष्ट व्यवस्था गर्नुपर्ने, गृह श्रमसम्बन्धी आइएलओ अभिसन्धि १७७ पारित गरी त्यसमा भएका प्रावधानलाई श्रमकानुनका रुपमा व्यवस्था गर्नुपर्ने माग गरिन् ।

गृृह श्रमिकहरुको घरमै बसेर गरिने गृह श्रमलाई राष्ट्रिय जनगणनामा अनिवार्य समावेश गर्ने व्यवस्था मिलाइनुपर्ने, कसैले गृह श्रमिकलाई काम दिँदा कार्य शर्त र सम्झौताका कागज अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने, दैनिक आठ घण्टा र विभिन्न बिदाहरु (राष्ट्रिय बिदा, वार्षिक बिदा, बिरामी बिदा, पर्व बिदा आदि) गृह श्रमिककले पनि उपयोग गर्न पाउने व्यवस्था गरिनुपर्नेलगायत माग समाज गरेको छ ।

गृह श्रमिकहरुको महत्वपूर्ण योगदानलाई मान्यता दिन प्रत्येक वर्ष अक्टोबर २० मा अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : ४३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा