४ पुस २०८२, शुक्रबार | December 19, 2025

साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने



काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

यसअघि आफ्नो पहिलो खेल खेलिसकेका दुवै टोली आज दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलंकासँग १-० गोलले पराजित भएको थियो ।

सेमिफाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ।

नेपालले आफ्नो तेस्रो खेल आगामी बिहीबार श्रीलंकासँग खेल्नेछ ।

समूह ‘बी’ अन्तर्गत नै आज दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन् । भुटानको १ अंक छ भने श्रीलंका ३ अंकसहित समूहको शीर्षस्थानमा छ ।

समूह ‘ए’ मा रहेको भारतले पाकिस्तिानलाई ५-२ गोलले हराएको छ । भारतले तीन अंक जोडेको छ भने बंगलादेश र पाकिस्तानको एक-एक अंक छ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी छन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : २९ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१