२० मंसिर २०८२, शनिबार | December 6, 2025

न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधान न्यायाधीश राउत



काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रधान न्यायाधीश राउतले न्यायालयको सुधारमा पूर्ण ध्यान दिने बताए ।

“न्यायपालिकाको सुधारका क्रम रोकिने छैन, मेरो पहिलो प्राथमिकता न्यायापालिकाको सुधार हुनेछ”, प्रधान न्यायाधीश राउतले भने, “न्यायपालिकालाई पारदर्शी र जवाफदेही बनाउन सदा प्रतिबद्ध छु, त्यो मेरो संवैधानिक जिम्मेवारी र दायित्व हो, म निष्ठापूर्वक काम गर्नेछु ।”

न्यायालयप्रति जनताको जनआस्था र विश्वास फर्काउने प्रयत्न गर्ने र तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनको प्रावधान कार्यान्वयन हुन बाँकी रहेका विषयमा पनि कार्यान्वयनका लागि आफूले ध्यान दिने स्पष्ट पारे ।

प्रधान न्यायाधीश राउतले नागरिककको अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रही समग्र देश, जनता र संविधानको कार्यान्वयन गर्न इमान्दारपूर्वक काम गर्ने बताए । उनले सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त रहेकाप्रति उनले भने, “न्यायाधीश बिना न्यायालय चल्न सक्दैन, त्यो प्राथमिकतामा रहनुपर्ने विषय हो, त्यो छिट्टै हुनेछ ।”

नवनियुक्त प्रधान न्यायाधीश राउतलाई मञ्चका अध्यक्ष कालिका खड्कासहितको पदाधिकारी तथा कानुन रिपोटिङ गर्ने सम्पूर्ण पत्रकारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ५० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय