१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता भोलिदेखी सुरु



बुटवल । युथ फर एक्सन बुटवल १५ रुपन्देहीको आयोजनामा प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता बुधबारदेखी हुने भएको छ । कार्तिक ७ गतेबाट खेल नकआउट सिस्टममा खेलिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

युथ फर एक्सन क्वलका अध्यक्ष प्रयास आचार्यले रुपन्देही भित्रका १६ टिमलाई सहभागी गराई प्रतियोगता गर्न थालेको र यसको तयारी सम्पूर्ण पुरा भएको जानकारी गराए । पत्रकार सम्मेलनमा बोल्दै उनले उद्घाटन खेल बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने बताउँदै प्रतियोगिता उद्घाटन बुटवलका प्रवक्ता एवं बुटवल १५ अध्यक्ष शिव रानाले उद्घाटन गर्ने तय भएको उनले जानकारी दिए । बुटवल १५ उजेलापुरमा खेलमैदानमा हुने प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, कप मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेलाई २५ हजार, कप मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक एवं क्लवका उपाध्यक्ष सचिन दमाशेले जानकारी दिए । उनले बेस्ट प्लेयर,मेन अफ द म्याच लगायत पुरस्कार समेत प्रदान गरिने जानकारी दिए । प्रतियोगताको फाईन खेल यहि १२ गते हुनेगरी तयारी भईरहेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनको सञ्चालन क्लबका सल्लाहकार नारायण घिमिरेले गरेका थिए । क्लबमा ६० जना युवाहरु आवद्ध छन । क्वलले सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबले यसअघि रक्तदान तथा मानवसेवा आश्रममा भोजनदान गर्नुका साथै फुटसल, क्रिकेट लगायतका प्रतियोगिता गरीसकेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज