८ बैशाख २०८३, मंगलबार | April 21, 2026

प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता भोलिदेखी सुरु



बुटवल । युथ फर एक्सन बुटवल १५ रुपन्देहीको आयोजनामा प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता बुधबारदेखी हुने भएको छ । कार्तिक ७ गतेबाट खेल नकआउट सिस्टममा खेलिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

युथ फर एक्सन क्वलका अध्यक्ष प्रयास आचार्यले रुपन्देही भित्रका १६ टिमलाई सहभागी गराई प्रतियोगता गर्न थालेको र यसको तयारी सम्पूर्ण पुरा भएको जानकारी गराए । पत्रकार सम्मेलनमा बोल्दै उनले उद्घाटन खेल बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने बताउँदै प्रतियोगिता उद्घाटन बुटवलका प्रवक्ता एवं बुटवल १५ अध्यक्ष शिव रानाले उद्घाटन गर्ने तय भएको उनले जानकारी दिए । बुटवल १५ उजेलापुरमा खेलमैदानमा हुने प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, कप मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेलाई २५ हजार, कप मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक एवं क्लवका उपाध्यक्ष सचिन दमाशेले जानकारी दिए । उनले बेस्ट प्लेयर,मेन अफ द म्याच लगायत पुरस्कार समेत प्रदान गरिने जानकारी दिए । प्रतियोगताको फाईन खेल यहि १२ गते हुनेगरी तयारी भईरहेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनको सञ्चालन क्लबका सल्लाहकार नारायण घिमिरेले गरेका थिए । क्लबमा ६० जना युवाहरु आवद्ध छन । क्वलले सामाजिक कार्यहरु गर्दै आएको छ । क्लबले यसअघि रक्तदान तथा मानवसेवा आश्रममा भोजनदान गर्नुका साथै फुटसल, क्रिकेट लगायतका प्रतियोगिता गरीसकेको क्लबले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : १९ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई