२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

बुटवलमा सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता आजबाट सुरु



बुटवल । युथ फर एक्सन बुटवल १५ रुपन्देहीको आयोजनामा प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता आजदेखी हुने भएको छ । आजबाट खेल नकआउट सिस्टममा खेलिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

युथ फर एक्सन क्वलका अध्यक्ष प्रयास आचार्यले रुपन्देही भित्रका १६ टिमलाई सहभागी गराई प्रतियोगता गर्न थालेको र यसको तयारी सम्पूर्ण पुरा भएको जानकारी गराए । उद्घाटन खेल दिउँसो ३ बजेदेखि शुरु हुने बताउँदै प्रतियोगिता उद्घाटन बुटवलका प्रवक्ता एवं बुटवल १५ अध्यक्ष शिव रानाले उद्घाटन गर्ने भएको उनले जानकारी दिए ।

बुटवल १५ उजेलापुरमा खेलमैदानमा हुने प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, कप मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेलाई २५ हजार, कप मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक एवं क्लवका उपाध्यक्ष सचिन दमाशेले जानकारी दिए । उनले बेस्ट प्लेयर,मेन अफ द म्याच लगायत पुरस्कार समेत प्रदान गरिने जानकारी दिए । प्रतियोगताको फाईन खेल यहि १२ गते हुनेगरी तयारी भईरहेको आयोजकले जनाएको छ ।

क्लबमा ६० जना युवाहरु आवद्ध छन । क्लबले यसअघि रक्तदान तथा मानवसेवा आश्रममा भोजनदान गर्नुका साथै फुटसल, क्रिकेट लगायतका प्रतियोगिता गरीसकेको क्लबले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ०८ बजे

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित

देशभर मतदान जारी (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको

परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा रौतहटमा मतदान

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले