२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलमा सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता आजबाट सुरु



बुटवल । युथ फर एक्सन बुटवल १५ रुपन्देहीको आयोजनामा प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता आजदेखी हुने भएको छ । आजबाट खेल नकआउट सिस्टममा खेलिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

युथ फर एक्सन क्वलका अध्यक्ष प्रयास आचार्यले रुपन्देही भित्रका १६ टिमलाई सहभागी गराई प्रतियोगता गर्न थालेको र यसको तयारी सम्पूर्ण पुरा भएको जानकारी गराए । उद्घाटन खेल दिउँसो ३ बजेदेखि शुरु हुने बताउँदै प्रतियोगिता उद्घाटन बुटवलका प्रवक्ता एवं बुटवल १५ अध्यक्ष शिव रानाले उद्घाटन गर्ने भएको उनले जानकारी दिए ।

बुटवल १५ उजेलापुरमा खेलमैदानमा हुने प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, कप मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेलाई २५ हजार, कप मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक एवं क्लवका उपाध्यक्ष सचिन दमाशेले जानकारी दिए । उनले बेस्ट प्लेयर,मेन अफ द म्याच लगायत पुरस्कार समेत प्रदान गरिने जानकारी दिए । प्रतियोगताको फाईन खेल यहि १२ गते हुनेगरी तयारी भईरहेको आयोजकले जनाएको छ ।

क्लबमा ६० जना युवाहरु आवद्ध छन । क्लबले यसअघि रक्तदान तथा मानवसेवा आश्रममा भोजनदान गर्नुका साथै फुटसल, क्रिकेट लगायतका प्रतियोगिता गरीसकेको क्लबले जनाएको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ०८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले