५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपाली चलचित्र “पूर्णबहादुरको सारङ्गी”ले प्रमोसनमा हिन्दी गीतको सहारा लिएपछि…



बुटवल । प्रमोशनकै समयमा नेपाली चलचित्र “पूर्णबहादुरको सारङ्गी” विवादित बनेको छ । सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्ने सन्देशसहित निर्माण गरिएको भनिएको यो चलचित्र प्रमोसनमा निस्किएको कलाकार तथा निर्माण टोलीले हिन्दी गीतको सहारा लिएर प्रचारमा लागेको भन्दै आलोचना भएको हो ।

सारङ्गी युनिटले मँगलबार बुटवलमा प्रमोशनका लागि आयोजना गरेको कार्यक्रममा “बाबू जी जारा धिरे चलो..”, “मै दिवाना तेरे यीस्कका..” लगायतका हिन्दी गीतमा “आइटम डान्स” देखाएर दर्शकलाई भने नेपाली फिल्म हेर्न आग्रह गरेको थियो ।

कार्यक्रमको भिडियो क्लिप सार्बजनिक गर्दै “बुटवल Butwal” नामक पेजमा लेखिएको छ, “नेपाली चलचित्रको प्रमोशनमा आएको टिमले आफ्नो चलचित्र प्रमोशनको लागि भारतीय चलचित्रको गीतको साहारा लिएछ । लाखौ करोडौ लगानी गरेर बन्ने नेपाली चलचित्रले आफ्नो प्रमोशनमा नेपाली गितलाई प्राथमिकता न दिँदा के नेपाली चलचित्र प्रमोशन गर्न सम्मका योग्य छैनन त ? यसरी चलचित्र प्रमोशनको लागि भारतीय चलचित्रको गीतलाई प्रयोग गर्नुले उकाली चढ्दै गरेको हाम्रो सिनेमामाथि स्वयम चलचित्रका कलाकार, निर्माता वा सम्बद्ध पक्षले बिश्वाश गर्न नसकेर बलिउडको साथ लिएका हुन कि ? प्रश्न सोचनिय छ ।” चलचित्र प्रमोसन यात्रामा समेत निर्माण टोलीसँग सबै कलाकार सहभागी  नहुनुले आन्तरिक रुपमा समेत बिवाद रहेको देखिन्छ ।

यहीँ कात्तिक १५ गतेबाट रिलिज हुने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य कलाकार बिजय बराल, मुकुन भुसाल लगायतका सदस्यहरु कार्यक्रममा सहभागी भएका थिए । नेपाली फिल्मको प्रमोसन गर्ने भनेर हिन्दी गीत घन्काउँदै हिड्नु भद्दामजाक भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएका छन् ।

सरोज पौडेलले निर्देशन गरेको यो चदचित्रमा गीतकार प्रशान्त शिवाकोटीले संगीत दिएका छन् । हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई तथा पुष्पन प्रधानको स्वर रहेको छ । चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् भने निर्माता बिनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : १७ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत