२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता



जुम्ला । जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।

यस्तै चालु आवको असोज मसान्तसम्म एक हजार आठ सयभन्दा बढीले नागरिकता लिइसकेको उनले बताए । कम्युटर अपरेटर पुलामीले भने, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक हजार आठ सय ६३ जनालाई नागरिकताको प्रमाणपत्र दिएका छौँ । १६ जनाले नाबालक प्रमाणपत्र लिएकाछन् ।” यस्तै यस अवधिमा तीन सय ३१ जनाले राहदानी र एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी कार्यालयमा सो अवधिमा ५१ वटा गुनासो वा ठाडो उजुरी परेका छन् । गत आवमा दुई सय २५ वटा गुनासो वा ठाडो उजुरी परेका थिए ।

राहदानी बनाउनेको सङ्ख्या बढ्दो

जिल्लामा राहदानी बनाउनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आव २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कूल तीन हजार सात सय ५६ जनाले राहदानी लिएका छन् ।

राहदानी लिनेमध्ये धेरैजसो वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । बाँकी कर्मचारी, उच्चपदस्थ व्यक्तिहरूले वैदेशिक भ्रमणका लागि राहदानी लिने गरेको कार्यालयका राहदानी फाँटका खरिदार नरबहादुर बुढाले बताए ।

प्रशासन शाखाका अनुसार चालू आव २०८१/८२ को असोज मसान्तसम्म मात्रै छ सय ३२ जनाले राहदानी लिइसकेका छन् । तीमध्ये एक सय ५७ महिला र चार सय ७५ पुरूष छन् । आव २०८०/८१ मा सात सय ८३ जनाले राहदानी बनाएका थिए । तीमध्ये एक सय ४२ जना महिला र छ सय ४१ जना पुरूष रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : १८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष