१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इलाममा फस्टाउँदै प्याजखेती



इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्फ आकर्षित भएका हुन् ।

सन्दकपुर गाउँपालिका-३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गरे । ‘प्रतिमन दुई हजारका दरले ६० मन बिक्री गरेँ, आफूलाई खान र छरछिमेक, आफन्तकोमा कोसेली पुऱ्याउँदा पाँच मनजति सकियो’, पराजुलीले भने ।

गाउँपालिकाको ५० प्रतिशत सहयोगमा पिआई-१७२ जातको दुई सय ग्राम बीउ रोपण गरेका पराजुलीले एक लाख २५ हजारको प्याज बिक्री गरेका छन् ।

‘जम्मा ३२ हजार खर्च कटाएर खुद ९३ हजार बचत भयो । नयाँ हाइब्रिट जातको प्याज लगाउँदा यहाँको माटोमा फस्टाउने रहेछ’, उनले भने, ‘लोकल जातका प्याज त तीन वर्षअघि नै सय मन फलाएको थिएँ । त्यो बेला समयमा बजार पुर्याउन सकिएन, भण्डारण व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा भयो । अहिलेचाँहि बजारको समस्या छैन । बाटो राम्रो छ घरमै पनि आउँछन् व्यापारी ।’

जिल्लामा एक सय १५ हेक्टर जमिनमा प्याजखेती हुने गरेको कृषि ज्ञान केन्द्रसँग तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा एक हजार आठ सय ७४ मेट्रिक टन प्याज उत्पादन भएकामा आव २०८०-८१ मा एक सय मेट्रिक टन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले जानकारी दिए ।

सन्दकपुर-३ कै अर्का किसान विष्णु खनालले १९ मन र माइजोगमाई गाउँपालिका-३ का किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाएका छन् । ‘७० प्रतिकिलोका दरले बिक्री गरेँ । बाँदरले अन्य खेती र तरकारीसमेत नष्ट गरेकाले यो वर्ष प्याज अलि बढी रोपियो, उत्पादन पनि राम्रो भयो’, सुवेदीले भने, ‘प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुनेरहेछ ।’

प्याजको राम्रो उत्पादनका लागि ६० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि प्राविधिक प्रभु शाहले बताए ।

‘प्याजको वृद्धि विकासका लागि १३ देखि २५ डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक हुन्छ, पानी नजम्ने र प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो उपयुक्त हुन्छ, माटोमा पिएच ५ दशमलव ८ देखि ६ दशमलव ५ हुनुपर्दछ’, शाहले भने ।

सूर्योदयका अगुवा किसान मदन राईले प्याज रोप्नुअघि जमिनको तयारी राम्रो गर्नुपर्ने अनुभव सुनाए ।

‘खनजोत गहिरो, डल्ला फुटाउने, झार जिलाउने, माटो मसिनो र बुरबुराउँदो बनाउनुपर्ने रहेछ । राम्ररी पाकेको गोेबर मलको प्रयोग राम्रो हुँदोरहेछ, एक दिन अगाडि नै बीउलाई पानीमा भिजाएर उमार्नुपर्छ । नर्सरीमा राम्रोसँग उम्रेका बिरुवा ८-१० हप्तामा रोप्नलायक हुन्छन्’, उनले भने ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ०९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’