७ आश्विन २०८३, बुधबार | September 23, 2026

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छः मन्त्री सुडी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

आज यहाँ आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा उनले महिला राजनीतिक र आर्थिक सशक्तीकरणसँगै भेदभाव उन्मुलनमा मात्र नभई सबै नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदारका रुपमा सहभागी हुनुपर्नेमा जोड दिए ।

“महिला विकासको बलियो स्तम्भका रुपमा भूमिका खेल्नसक्नेमा दृढ विश्वास राख्छु”, मन्त्री सुडीले भने, “महिला अधिकारका लागि निरन्तर पहल गरिरहेकाले महिला र बालबालिकाका लागि सहज र समान समाज विकास गर्न आवश्यक नीतिनिर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” उनले सरकार र नागरिक समाजसँगै मिलेर लैङ्गिक असमानताका मूल कारण निर्मुल गर्नुपर्नेमा जोड दिए ।

बेइजिङ प्लस ३० समीक्षा सम्मेलनले महिला र बालबालिकाको सशक्तीकरणमा योगदान पुर्‍याउने मन्त्री सुडीले विश्वास व्यक्त गरे । उनले महिला तथा बालबालिकाका क्षेत्रमा रहेका समस्याको उजागर गर्दै समाधानको बाटो पहिल्याउने गरी तथ्यपरक प्रतिवेदन बनाउन सुझाव दिए ।

“बेइजिङ समीक्षा र कार्ययोजना महिला सशक्तीकरणका लागि दुरदर्शी एजेण्डा हो । यसले नीजि र सार्वजनिक सबै क्षेत्रमा महिला सशक्तीकरणका लागि सरोकार भएका क्षेत्रहरु पहिचान गरेको छ”, मन्त्री सुडीले भने, “राष्ट्रियस्तरको यस छलफलले लैङ्गिक समानताका क्षेत्रमा काम गर्नेहरुसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरुको समस्यालाई उजागर गर्न सरकार र सरोकार भएकाहरुको ध्यानाकर्षण गराउने अवसर प्रदान गर्नेछ ।”

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि समेटेर सशक्तीकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले महिला र ज्येष्ठ नागरिककोे अवस्था संवेदनशील बन्दै गएको बताइन् ।

नेशनल नेटवर्क फर बेइजिङ रिभ्यु नेपाल (एनएनबीएन), संयुक्त राष्ट्रसङ्घीय महिला (युएन महिला) र महिला, कानुन र विकास मञ्चको सहकार्यमा आयोजित सम्मेलनमा महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तीन महिला अधिकारकर्मीलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले महिला अधिकारकर्मी लक्ष्मीकेशरी मानन्धर, इन्दिरा श्रेष्ठ र तुलसालता अमात्यलाई कदरपत्रसहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११