७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा एमाले बुटवल उपमहानगर कमिटीको अध्यक्षमा पोखरेल



बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले शाेभाखर पाेखरेलको अध्यक्षतामा ७९ सदस्यीय कमिटी सर्वसहमतिमा चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई तथा उपसचिवमा विकास बस्नेत र मेनका थापा चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक युवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले संगठनलाई थप बलियो बनाएर लैजान निर्देशन दिए । पार्टीले गरेका सकारात्म कार्यहरु जनता समक्ष लैजान र जनताका गुनासो सुनेर आगामी निर्वाचनका लागि आजैदेखि तयारीमा लाग्न उनले निर्देशन दिए ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा एमाले बटवल उपमहानगरका ईन्चार्ज गोपाल रानाले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामनासहित जनताको मन जित्ने गरी काम गर्न
निर्देशन दिए ।

पार्टीको संगठनलाई थप क्रियाशिल र सशक्त बनाउँदै ८४ सालमा हुने स्थानीय तथा संसदीय निर्वाचनको तयारीमा लाग्न उनले आग्रह गरे । पार्टीप्रति फैलाइएका गलत भ्रमहरुलाई चिर्दै जनताका घर दैलोमा पुग्नेगरी गतिविधि सञ्चालन गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ३७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११