२ पुस २०८२, बुधबार | December 17, 2025

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन



काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार उक्त दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको छ । नेता महतो नेतृत्वमा दल दर्ताका लागि आज आयोगमा निवेदन दिइएको सो दलका नेता केशव झाले बताए । नयाँ पार्टीमा अध्यक्षसहित एकसय ७३ केन्द्रीय सदस्य रहेको उनले जानकारी दिए ।

“राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने प्रयोजनका निम्ति कानुनअनुसार आवश्यक सबै कागजातहरु यसै पत्रसाथ संलग्न गरी पठाइएको छ”, सो दलले आयोगमा पेस गरेको निवेदनमा भनिएको छ ।

पूर्वमन्त्री महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी केही समयदेखि राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ५० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका