२० मंसिर २०८२, शनिबार | December 6, 2025

बिपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै



सुनसरी । सुनसरी धरान उपमहानगरपालिकास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिए ।

जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको उनले जानकारी दिए । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस् तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस् उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शय्याको बर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको उनले बताए । बर्न सेन्टरका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको कामसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको एक महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारले बताए ।

तत्काल ३० वटा शय्या भएको बर्न अस्पताल सञ्चालन गर्ने तयारी भएको र अहिले २० वटा जेनरल शय्या तयारी भइसकेको र बाकी १० वटा शय्यामा आइसियु र गम्भीर किसिमका बर्नका बिरामीको उपचारका लागि व्यवस्थापन गर्ने तयारी भएको बिपीका प्रवक्ता अभिजितले जानकारी दिए ।

अस्पतालमा लिफ्टको काम गर्न बाँकी रहेकाले काम समापन भएसँगै बर्न अपस्पताल सञ्चालन गर्ने उनले बताए । अस्पतालमा लिफ्टका लागि ‘टेन्डर’ आह्वान गरिसकेको छ । बर्नका बिरामी ‘सिजनल’ आउने गरेकाले बिपीमा ३० वटा शय्याले पुग्ने उनले बताए ।

धरानमा बर्न सेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीलाई उपचारका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यता अन्त हुने उनको भनाइ छ । यहाँ सुनसरीसहित कोशी प्रदेश र मधेश प्रदेशका जनकपुरसम्मका बिरामीले सेवा लिने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ०६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय