११ श्रावण २०८३, सोमबार | July 27, 2026

रोटरी चौतारीको नियमित बैठकमा मानव सेवामा आश्रितलाई भोजन



बुटवल । मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई खाना खुवाएर रोटरी क्लव अफ बुटवल चौतारीले आफ्नो २२४ औं बैठक सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा भलवारीस्थित मोक्षधाममा सञ्चालित मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई शुक्रबार साँझ भोजनसहित रोटरी चौतारीले आफ्नो नियमित बैठक सम्पन्न गरेको हो ।

विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । यसरी आश्रय लिएकाहरुलाई क्लवले खाना खुवाएको अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै पौडेलले यहाँ आश्रित असहायहरुका लागि खर्च गर्न पाउँदा सबैभन्दा ठूलो उपलव्धि हासिल गरेको महसुस भएको बताए । पौडेलले आफ्नो जन्मदिनको अवसर समेत पारेर क्लवको तर्फबाट आश्रममा भोजन गराएका हुन् ।

क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले मानव सेवा आश्रममा कार्यक्रम गर्न पाउँदा खुसीको अनुभूति भएको बताए । उनले क्लवले आगामी दिनमा पनि आश्रममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मानव सेवा आश्रमकी सह-संयोजक विष्णु घर्तीले सडक मानवको उद्धार गरी भलवारीमा १२५ जना र बुटवल शाखामा ४३ जनालाई राखिएको जानकारी दिइन् । घर्तीका अनुसार संस्थाले नेपालभर ७ वटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्र सञ्चालन गरी ७ हजार बढी खुला आकाशमुनी, सडक पेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालपोषण तथा परिवार भेटिएका वा नभेटिएका परिवारको खोजी र पुनर्मिलन गर्दै आएको छ । कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

आश्रममा १२५ जनाले आश्रय लिएको मानवसेवा आश्रमकी स्वयमसेवक पार्वती तिवारीले जानकारी दिइन् । पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको तिवारीले बताइन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : २७ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न