१९ बैशाख २०८३, शनिबार | May 2, 2026

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै



महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन् । घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर रङरोगन गन चलन बसेको गृहिणी बताउँछन् ।

“यो ९दीपावली० पवनी ९पर्व० सबैतिर उज्यालो छर्ने मानिन्छ, त्यसैले पवनीमा घर सिँगार्ने गरेका छौँ”, बर्दिबास-२ बारनचौडीकी सङ्गीता सहनी मलाह भन्छिन, “अहिले गरेको लिपपोत र रङरोगन घर सजाउनुमात्र नभई रमाइलो पनि हो ।” पर्वअघि छरछिमेकका सबै घर वरपरको सरसफाइ र रङरोगनमा लाग्दा कुनै खास उत्सवको झल्को दिने गरेको सङ्गीतासहितका मैथिल गृहिणीको भनाइ छ ।

घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ । ग्रामीण महिला पालैपालो एकअर्काको घर लिपपोतमा सरिक हुन्छन् । यी चाडवाडका बेला कसको घर राम्रो लिपपोत र रङरोगन भयो भन्ने गृहिणीबीचको छलफल र सँगसँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रुपमा ग्रामीण महिला सम्झन्छन् ।

केही दशक पहिलेसम्म दशैँ, दीपावली र छठपर्वअघि घर लिपपोतका लागि विभिन्न रङका माटो लिन टाढाटाढा जाने गरेको बर्दिबास–९ पशुपतिनगरकी ५० वर्षीया शैल महतोको सम्झना अझै ताजै छ । तर पछिल्ला केही वर्षयता नदी किनार क्षेत्र लगातार उत्खनन गरिँदा सेतो र पहेँलो माटोका भित्ता भत्केर बगेपछि अब घर लिपपोत र रङरोगनमा बजारु रङको भर पर्नुपरेको महतोको भनाइ छ । महतोजस्तै भङ्गाहा-४ रामनगरकी सुशीला सदा पनि अब नदी डिलमा पहेँलो, कमेरे र कालो माटो पाइन छाडेको बताउँछिन ।

दशैँअघि घर लिपपोत गर्न नभ्याएका गृहिणीले अहिले दीपावलीअघि गर्दैछन् । महोत्तरीका १५ वटै स्थानीयतहका बस्तीमा अहिले घर सिँगारिने क्रम देखिँदो छ । घर सिँगार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन् । तर धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन् ।

घर लिपपोत र शृङ्गारको काम जताततै चलेपछि अहिले चुन ९सेतो रङका लागि० र विभिन्न रङका पोकाको खरिदबिक्री निकै बढेको छ । दशैँदेखि दीपावलीसम्म घर लिपपोत र शृङ्गारको काम सकिएपछि बस्तीबस्ती उजेलिने ९उज्यालो देखिने, चहकिने० गरेका छन् । दीपावलीअघि लिपपोत र रङरोगन गरिएको घर छठमा सामान्य सरसफाइ गर्दा हुने मानिन्छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ५८ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन