७ पुस २०८२, सोमबार | December 22, 2025

विपक्षीले चाहँदैमा सरकार ढल्दैन : एमाले सचिव छविलाल विश्वकर्मा



तिलोत्तमा । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले काँग्रेस-एमाले साझा सहमतिप्रति प्रतिवद्ध रहेकाले अरु कसैले चाहँदैमा सरकार नढल्ने बताएका छन् ।

एमाले तिलोत्तमा नगर कमिटीको दोस्रो नगर अधिवेशनको शनिबार उदघाटन गर्दै उनले मुलुकलाई निकास दिनका लागि दुई ठूला दलबिच समझदारी बनेको र यी दुईदलबिच एकता कायम रहेसम्म अरु कसैको चाहनामा सरकार तलमाथि नहुने बताए । विपक्षी दलहरुप्रति संकेत गर्दै उनले सरकार ढल्छ कि भनेर कोशिस भैरहेपनि त्यो पूरा नहुने बताए ।

सरकारले सय दिनमा गरेका काम सन्तोषजनक रहेको र अवका दिनमा पनि कार्ययोजना बनाएर सरकार अगाडि बढ्ने जानकारी दिंदै सचिव विश्वकर्माले कुनै भ्रममा नपरी सरकारले गरेका राम्रा कामको प्रचारमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

“अहिले लहड र भ्रमका पछाडि लाग्ने प्रवृत्ति देखिएको छ, भ्रम सिर्जना गरेर केही हुँदैन, मुलुक आफ्नो दिशामा अगाडि बढ्छ”- उनले भने । सचिव विश्वकर्माले जनतालाईं भ्रममा पार्ने असफल कोशस भैरहेको भन्दै यसतर्फ सिंगो एमाले पंक्ति चनाखो भएर दृढतापुर्वक भ्रम चिर्न प्रतिवद्ध भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले जनताका काम गर्नका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारमा एमाले नेतृत्वमा रहँदा थुप्रै राम्रा काम भएका तर एमालेले नेतृत्व गुमाउँदा विकासमा अलमलको स्थिति सिर्जना हुने गरेको बताए ।

पार्टीले लिएको नीति, विचार, योजना र कार्यक्रमका आधारमा सिंगो पार्टी पंक्ति परिचालित हुन सकेमात्रै एमाले आफ्नो लक्ष्य र उद्देश्यमा पुग्न सक्ने गैरेले बताए ।

त्यस अवसरमा एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डे, उपाध्यक्ष नेत्र वन र सचिव मिनप्रसाद पोखरेलले नगर कमिटीले अगाडि सारेका योजना र कार्यक्रमबारे प्रकाश पारेका थिए । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ३३ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र