१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयपछि जिल्लावासी खुसी



दार्चुला । सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेपछि जिल्लावासी खुसी भएका छन् । चीनसँग हुने व्यापार सहजताका लागि तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयको जिल्लावासीले स्वागतसमेत गरेका छन् ।

यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने तथा तिङ्करमा अध्यागमन कार्यालय राख्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएकाछन् ।

सीमा प्रशासन कार्यालय व्यास छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज जिल्ला सदरमुकाम खलङ्गाबाट हुँदै आएको थियो । यसले व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्कर जान बहुयात्रा अनुमति पास दिँदै आएको छ । नेपालतर्फ बाटो नहुँदा भारतीय मार्ग प्रयोग गर्दै व्यास जानुपर्ने बाध्यता छ । कार्यालय दुईतिर सञ्चालन गर्नुपर्ने बाध्यता हटाउँदै सरकारले तिङ्करमा अध्यागमन कार्यालय खोल्ने तयारी गरेको छ ।

व्यासको तिङ्करमा अध्यागमन कार्यालय खुल्ने भएपछि स्थानीय राजनीतिक दलका नेता र स्थानीय खुसी भएका छन् । व्यास–१ का स्थानीय नगेन्द्र तिंकरीले भने, “अध्यागमन खोल्ने सरकारको निर्णय स्वागतयोग्य छ, यो जिल्लावासीका लागि खुसीको कुरा हो ।”

यस्तै, पूर्वमन्त्री गणेशसिँह ठगुन्नाले व्यासको तिङ्करमा अध्यागमन खोल्ने सरकारको निर्णय दार्चुलाको विकास र समृद्धिका लागि ऐतिहासिक सफलता भएको उल्लेख गरे । उनले भने, “अब तिङ्कर नाका भएर कैलाश मानसरोवर यात्राको ढोका खुल्यो ।”

व्यास–१ का वडासचिव विनोदसिँह बुढाथोकी सरकारले अध्यागमन खोल्न दरबन्दी स्वीकृत गरेर सीमाका नागरिक खुसी भएको प्रतिक्रिया दिए। “अब यो निर्णय तत्कालै कार्यान्वयनमा आउनुपर्छ”, उनले भने । यसअघि व्यासको छाङ्गरुमा सीमा प्रशासन कार्यालय रहे पनि नागरिकले सेवा लिन सदरमुकाम खलङ्गा आउनु परेको थियो ।

हाल तिङ्करमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि बसिसकेको अवस्थामा अध्यागमन कार्यालय सञ्चालन भएपछि यस क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको विश्वास छ । व्यासको तिङ्कर नाका भएर चीनको ताक्लाकोट व्यापार हुँदै आएको छ । पछिल्लो समय कोभिडपछि यो वर्ष तिङ्कर नाका खुलेको छ । छाङ्गरुका र तिङ्करका स्थानीय अहिले ताक्लाकोटमा व्यापार गर्ने गर्छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ५४ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका