४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग तीन विकेटले पराजित



काठमाडौँ । आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । नेपाले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।

अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक एक सय चार रनको योगदान दिए । उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका हुन् । त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे ।

नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको योगफल बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।

त्यस्तै ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए । त्यसैगरी आरिफ शेख ३७, कुशल भुर्तेल ११, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए ।

अमेरिका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान १–१ विकेट लिए । नेपालले अब मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अङ्कविहीन हुँदै ३ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका १० खेलमा ७ मा जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।
–––

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : १० बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१