८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग तीन विकेटले पराजित



काठमाडौँ । आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । नेपाले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।

अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक एक सय चार रनको योगदान दिए । उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका हुन् । त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे ।

नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको योगफल बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।

त्यस्तै ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए । त्यसैगरी आरिफ शेख ३७, कुशल भुर्तेल ११, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए ।

अमेरिका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान १–१ विकेट लिए । नेपालले अब मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अङ्कविहीन हुँदै ३ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका १० खेलमा ७ मा जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।
–––

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : १० बजे

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग