१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

देउरालीको प्रसाद खाएका २५ जना बिरामी



अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् ।

सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बिरामीहरूमा झाडापखाला, बान्ता , ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड पोइजन’ का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ ।

बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ५९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि

कोरला नाकाबाट हुने आयात–निर्यात प्रभावित, कालीगण्डकी करिडोर ३ देखि ६ दिनमा खुल्ने

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक अवरुद्ध

बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु