११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेपाल संवतलाई प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह



काठमाडौँ । नेपाल संवत् ११४५ मूल समारोह समितिले नेपाल संवतको मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ ।प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपाल संवतलाई प्रचारप्रसारलगायत कार्य गर्न समितिले विदेशस्थित नियोगलाई आग्रह गरेको हो ।

समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ९३७ सालमा गरिब जनताको ऋणमोचन गराई प्रचलनमा ल्याएको नेपाल संवतको मौलिकता एवं महत्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सबै नियोगलाई अनुरोध गरिएको जानकारी दिए । उनले नेवार समुदायले देशभर विविध कार्यक्रम गरी नयाँ वर्षका रूपमा मनाउने संवत् नेपालबाट सुरु भएकाले प्रयोगलाई व्यापक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

समितिले यही कत्तिक १७ गते वसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका सम्बन्धित सङ्घसंस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा, झाँकी र सांस्कृतिक पहिरनसहित मूल समारोहमा सहभागी हुन निर्देशन दिएको छ । उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यताको घोषणा गरेको थियो । समितिद्वारा अन्तक्र्रिया, गोष्ठी, शुभकामना आदानप्रदानलगायत कार्य गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ४५ बजे

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको