१० माघ २०८२, शनिबार | January 24, 2026

म्यानमारका संस्कृतीमन्त्री यूटिनद्धारा लुम्बिनी भ्रमण



लुम्बिनी । म्यानमार सरकारका धार्मिक मामिला तथा सँस्कृती मन्त्री यूटिन ओलुयिनले बुधबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

मन्त्री यूटिनलाई लुम्बिनी विकास कोषका बरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत गरे । उक्त अवसरमा मन्त्री यूटिनले शान्तिदीप, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्दै लुम्बिनीका बारेमा जानकारी लिए ।

बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी भएका यूटिनले मायादेवी मन्दिर परिसरमा शान्तिको कामना गर्दै पूजा गरेका थिए । बुद्धिष्ट देश समेत भएकाले म्यानमारको लुम्बिनीप्रति श्रद्धा र आस्था रहेको छ ।

लुम्बिनी स्थित म्यानमार विहारले पूजाको व्यवस्थापन गरेको थियो । संस्कृती तथा धार्मिक मन्त्रीको भ्रमणले अझ म्यानमारबाट लुम्बिनी आउने तीर्थयात्री बृद्धि हुने लुम्बिनी विकास कोषले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १० : ३९ बजे

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी । इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक

हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निस्काशित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेलसहित ७

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित (तस्वीरहरु)

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता,