३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्जबाट एक हजार केजी बढी गाईगोरुको मासु सहित ५ जना पक्राउ



कोहलपुर । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको राँझा चोकबाट प्रहरीले ठुलो परिमाणको गाईगोरुको मासु सहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले जानकी गाउँपालिका ५ बढीगाउँमा गाई गोरु काटेर नेपालगन्ज विमानस्थल तर्फ लैजाँदै गरेको अवस्थामा एक हजार ६० केजी गाईगोरुको मासु सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खजुरा-८ चमकदारपुर बस्ने ३८ वर्षिय इस्माईल जोलाह (भ्यान चालक), खजुरा-८ रनियापुर बस्ने ३८ वर्षिय नेपाली भन्ने अहमुद्दिन खान, सोही स्थानका ३९ वर्षिय लोहरा भन्ने जाबिर चिकवा, जानकी-५ बुढियागाउँ बस्ने १९ वर्षिय कुन्ना भन्ने सफिक आलम पठान र सोही स्थानका ३४ वर्षिय असानु खान रहेका छन् ।

जानकी-५ बुढीयागाँउमा गाई गोरु काटेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्हरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटिएको टोलिले बाँके नेपालगन्ज-२० राँझा नयाँ बस्तीबाट भे.१ज.३८९ नम्बरको म्याजिक भ्यानबाट १९ वटा बोरामा बाँधेर राखेको १ हजार ६० केजी गाईगोरुको मासु बरामद भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

पक्राउ परेकाहरुलाई नेपालमा बध गर्न प्रतिबन्ध रहेको गाईगोरु काटेको अभियोगमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ९ : २७ बजे

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई