२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल संवत ११४५ को पूर्वसन्ध्यामा बुटवलमा मोटरसाइकल र्याली (फोटोफिचर)



बुटवल । नेपाल संवत ११४५ प्रारम्भको पूर्वसन्ध्यामा बुटवलमा मोटरसाईकल र्याली निकालिएको छ । नेवाः दयदबु बुटवल नगर समितिको आयोजनामा नेपाल संवतको स्वगतका लागि पूर्वसन्ध्यामा मोटरसाइकल र्याली निकलिएको हो ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्याली मिलनचोक, ट्राफिक चोक, गोलपार्क, दुर्गामन्दिर हुँदै अमरपथ, कालिकानगर, देबीनगर भएर नेवाः सेवा समितिको (नेवाः छें) भवनमा पुगेर समापन भएको थियो । नेवाः दयदबुको आयोजना र बुटवलका १० बढी नेवाः खलपुचहरुको सहभागितामा भएको र्यालीमा निस्केका चालकहरुले नेपाल संवत ११४५ को भिन्तुना, नेपाल संवत सबै नेपालीको संवत, राष्ट्रिय विभूती शंखधर साँख्वा अमर रहुन् लेखिएको प्लेकार्ड, नेवाः प्रतिक झण्डा र राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपाल संवतको महत्वलाई नागरिकस्तर सम्म पुर्याउन र सबैको साझा संवत भएको पहिचान दिन र्याली निकालिएको दयदबुका नगर अध्यक्ष गोपाल श्रेष्ठले बताए । उनले भोलि नेपाल संवतको प्रारमभका दिन बृशद शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार भोलि काठमाडौं बाहिर पहिलोपटक नेपाल संवतको क्यालेन्डर बिमोचन गरिनुका साथै बुटवलमा रहेर नेवाः समुदायको भाषा, संस्कृतिमा योगदान दिएका नेवा दयदबुका संस्थापक अध्यक्ष रबिन्द्रगोपाल लाकौललाई सम्मानको गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेवाः सेवा समिति देविनगर, भिमसेन सेवा समाज बुटवल–३, भिन्द्यो नेवाः समाज (बुटवल —१७,१८,१९), नेवा संस्कृति संरक्षण समाज देविनगर, भिमसेन सेवा समाज देविनगर, गणेश नेवा समाज देविनगर, नेवाः समाज १ र २, नेवाः समाज अर्घाखाँची रुपन्देही सहित एक दर्जन बढि खलपुचहरुको सहभागीता रहने अध्यक्ष श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः सेवा समिति देविनगरका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेपाल संवत सबै नेपालीको साझा संवत भएको स्पष्ट पार्दे कार्यक्रममा नेवार समुदाय बाहेकका नेपाली भाषा, धर्म र सम्प्रदायको पनि उपस्थिती रहने जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ४१ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर