११ पुस २०८२, शुक्रबार | December 26, 2025

चाडपर्व एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधार हुन् : राष्ट्रियसभा अध्यक्ष दाहाल



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार तथा नेपाल संवत् ११४५ ले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले नेपालीको विशेष पर्व तिहार एवं नेपाल संवत् ११४५ शुभारम्भको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् । उनले यस पर्वले पारिवारिक मिलाप, सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्नेसमेत विश्वास लिएको लिएका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता, मौलिक चाडपर्व, प्राकृतिक सम्पदा र सभ्यताहरूले सम्पन्न राष्ट्र हो, नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा पहिचान दिएको छ, “सन्देशमा भनिएको छ, “यी विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरू समेत हुन् ।” तिहार पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपमा आफ्नै विशिष्ट महत्त्व छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा÷गाई तिहार, गोवर्द्धन पूजाले मानव, प्रकृति र पशुपन्छीसँगको गहिरो सम्बन्धलाई उजागर गरेको छ भने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको माया, प्रेम र हार्दिकता प्रगाढ बनाउनुका साथै पारिवारिक मिलन र एकता वृद्धि गर्न विशिष्ट योगदान दिएको छ ।

तिहारमा खेलिने देउसीभैलोलगायतका सांस्कृतिक कार्यले उल्लासमय वातावरण बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सन्देशमा तिहार सँगसँगै नयाँ वर्षको शुभारम्भ हुने नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुरुआतसँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको कुरा यहाँ स्मरणयोग्य भएको उल्लेख छ ।

साथै, सन्देशमा नेपाल संवत्लाई राष्ट्रिय विभूति शङ्खधर शाख्वाले सुरुआत गरेका थिए । नेवार समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी भएको दाहालको भनाई छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : ५३ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

पर्यटन ऐन र वन ऐन पर्यटन व्यवसायका बाधक

बुटवल । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।

अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना : चालकको मृत्यु, १६ जना घाइते

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त हुने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी