२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

विश्वकप लिग-२ : अमेरिकासँग नेपाल पराजित



न्यूयोर्क । नेपाल आईसीसी विश्वकप लिग-२ को अर्को खेलमासमेत अमेरिकासँग स्तब्ध भएको छ । शनिबार राति अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३७ रनले हराएको हो ।

२८२ रनको लक्ष्य पाएको नेपालले १ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४४ रन बनायो। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । १० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औँ ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए। सो समयमा नेपालको स्कोर १६२ रन थियो ।

उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे । ४७ औँ ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए । यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालका अनिल शाहले ८० बलमा ५२ रनको योगदान गरे । ३८ बलमा ३१ रन जोडेको ऐरी अन्तिम विकेटको रूपमा नेत्रभालकरबाट आउट भए । सोमपाल भन्दा अघि धिमा गतिमा खेलिरहेका नेपालका कुशल मल्लले ५४ बलमा ३३ र कुशल भुर्तेलले ५१ बलमा २९ रन जोडे। आरिफ सेखले १३ बलमा २१ रन जोडेका थिए ।

अमेरिकाका सौरभ नेत्रभालकरले ९.५ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । नोत्सु केनित्जे र भान साचलविकले समान २ विकेट लिए । हरमित ८ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रनको योगफल खडा गरेको थियो । अमेरिकाका लागि मोनान्क पटेलले ६७ तथा साइकेजा मतामेलाले ७५ रन जोडेका थिए । तर यी दुवै भन्दा हरमित सिंहले छिटो गतिमा रन बटुलेका थिए। उनले ४४ बलमा ५९ रन जोडे । उनको पारीमा ३ चौका र ३ छक्का समावेश थियो ।

नेपालका गुलसन झाले ३ विकेट लिए। तर उनी महंगा सावित भए । १० ओभरमा ८७ रन खर्चिए । करण केसीले आफ्नो दोस्रो ओभर पुरा गर्न पनि नभ्याउँदै समस्या आएपछि उनले १० बल मात्र फ्याँके। उनले यस क्रममा २ रन मात्र खर्चेका थिए। सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

जितसहित अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ । १२ खेल खेलेका अमेरिका र क्यानडाको समान १६ अङ्क भए पनि अमेरिका रन रेटको आधारमा अघि छ । स्कटल्यान्ड १० खेलमा १३ अङ्क सहित तेस्रो, नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्क सहित चौथो र नामिबिया १२ खेलमा १० अङ्क सहित पाँचौँ स्थानमा छन् । ओमान ९ खेलमा ८ अङ्क सहित छैटौँ, नेपाल ११ खेलमा ५ अङ्कसहित सातौँ तथा संयुक्त अरब इमिरेट्स ८ खेलमा २ अङ्कसहित पुछारमा छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : २१ बजे

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

काठमाडौं । निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी (पूर्णपाठसहित)

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा

पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई मतगणनाको समाचार सङ्कलन रूपमा