२० असार २०८३, शनिबार | July 4, 2026

बाली विज्ञान पढ्दै, फूलखेतीमा रमाउँदै



सुर्खेत । सुर्खेत भेरीगङ्गाका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइनभ्याइ छ ।

तिहार अवधिभरमात्रै ५ लाख रुपैयाँको फूल बेच्ने खत्रीको लक्ष्य छ । भाइटीकाको अघिल्लो दिन शनिबारसम्म उनले करिब ३ लाख ५० हजार रुपैयाँको कारोबार गरिसकेको बताए । सुर्खेतमा फूल प्रति किलोग्राम ४ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

समीर भन्छन्, ‘तिहार र छठ पर्वसम्म ५ लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको समिर बताउनुहुन्छ । अहिले फुलको मुल्य पनि राम्रै छ, तिहारमा मात्रै रु पाँच लाखको बेच्ने मेरो लक्ष्य छ, त्यसको नजिकै छु ।’

२४ वर्षीय समीर मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान पढ्दै छन् । आफूले पढेर आर्जन गरेको ज्ञानको प्रयोग गर्दै सुर्खेत सदरमुकामदेखि पूर्वीक्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका— ११ मा ८ रोपनी जमिनमा उहाँले विभिन्न प्रजातिका फूल लगाएर मनग्य आम्दानी लिइरहेका छन् ।

वार्षिक आम्दानी ८ लाख रुपैयाँसम्म हुने गरेको समीरले सुनाए । उनले धेरैजसो सयपत्री फूल उत्पादन गरिरहेका छन् । ‘अरु समयमा विभिन्न कार्यक्रम, सभा र पूजाआजाको लागि बिक्री हुन्छ भने तिहारको बेलामा सबैभन्दा धेरै बिक्री गर्छु, जसले स्वरोजगार त बनाएको छ नै, किताबी ज्ञान व्यवहारमा प्रयोग भइरहेको छ’, समीर भन्छन् ।

उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो । गत वर्ष ७ लाख रुपैयाँ रकम आम्दानी गरेर हौसिएका समीर यसवर्ष १० लाख आम्दानीमा आशावादी छन् । ‘गतवर्ष २० क्विन्टलभन्दा धेरै जिल्ला बाहिर निर्यात गरेको थिए, यसवर्ष पहिलोभन्दा बढी उत्पादन हुन्छ, किनकि ६ रोपनी जग्गाबाट बढाएर ८ रोपनीमा खेती विस्तार गरेको छु’, उनले भने ।

फूल व्यवसाय राम्रै भए पनि बजारमा सस्तोमा पाइने प्लाष्टिकजन्य फूलका कारण आफूजस्ता व्यवसायीहरू मारमा परेको उनको दुःखेसो छ । त्यसैले सरकारले बाहिरबाट आउने यस्ता फूलमा रोक लगाउनुपर्ने समीरको माग छ । उनी भन्छन्, ‘हाम्रो लागि धेरै अवसरहरू नेपालमै छन् तर अलिकति मेहेनत गर्नुपर्छ, कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन तर यसमा सरकारले पनि प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नेदेखि युवालाई ज्ञान र सीप दिन लाग्नुपर्छ ।’

भेरीगङ्गा नगरपालिकाले भने स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : ४९ बजे

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको