४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज भाइटीका कुन दिशामा फर्केर गर्ने ?



काठमाडौं । भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने ? दिदीबहिनीले कुन दिशामा फर्केर लगाइदिने ?

यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए । ‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ ।’

सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ । आइतबार चन्द्रमा वृश्चिक राशिमा छ । शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ । चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किएर टीका लगाउन नहुने भएकाले पूर्व-पश्चिम नै निर्देश गरेको अधिकारीले बताए ।

त्यसो त चन्द्रमा अगाडि पार्न दाजुभाइले उत्तर फर्किएर पनि टीका लगाउन सकिन्छ । तर यसो गर्दा दिदीबहिनी पूर्व फर्किनुपर्छ । दक्षिण भने फर्किनु हुँदैन । दक्षिण दिशा पितृकर्मका लागि मात्र उपयुक्त मानिन्छ ।

त्यसो त शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता पनि छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : ०० बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा