१९ बैशाख २०८३, शनिबार | May 2, 2026

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात



धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले अघिल्लो वर्ष करिब रु चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिए ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उनले बताए । “छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५-३० ट्रक बढी केरा मगाइएको छ”, सचिव पूर्वेले भने ।

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई रु पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ । साथै देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ७ : ४६ बजे

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,