१९ बैशाख २०८३, शनिबार | May 2, 2026

भरतपुर अस्पतालमा ‘निलो रूख’



चितवन । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ । “हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ”, उनले भने, “कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ ।”

कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने सङ्केत गर्न निलो रूख स्थापना गरिएको प्रा डा पौडेलले बताए । उनका अनुसार अष्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले सुरु गरेको यो अभियान नेपालमा पहिलोपटक आइपुगेको हो ।

अस्ट्रेलियन जेडेन ह्वाइटले सन् २०१८ मा आत्महत्या गरेपछि मानसिक स्वास्थ्यका बारेमा खुला बहस हुनुपर्छ भन्ने मान्यता लिएर सुकेको रूखमा निलो रङ पोतेर यो अभियानको थालनी भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ८ : १० बजे

आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी