४ चैत्र २०८२, बुधबार | March 18, 2026

अमेरिकी राष्ट्रपति चुनाव : पहिलो स्विङ राज्यको नतिजा ट्रम्पको पक्षमा



अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महत्वपूर्ण राज्य उत्तर क्यारोलिनामा जित हात पारेका छन् । यो पहिलो स्विङ राज्यको नजिता हो । जसका कारण उहाँलाई १६ इलेक्ट्रोरल मत प्राप्त भएको छ ।

यो जीतले आवश्यक २७० इलेक्ट्रोरल मतहरू सुरक्षित गर्ने बाटोमा ट्रम्पलाई अघि बढाएको छ ।

तर धेरैजसो अन्य स्विंग राज्यहरूमा नतिजा अझै आउन बाँकी छ । जसले गर्दा परिणाम कमला ह्यारिसको पक्षमा पनि जान सक्ने सम्भावना छ ।

विस्कन्सिन, पेन्सिल्भेनिया, र मिशिगन जस्ता राज्यहरुमा चुनाव जितेमा नतिजा बदलिन पनि सक्नेछ ।

उत्तर क्यारोलिनाको जित रिपब्लिकनका लागि ठूलो सफलता हो । ट्रम्पले उत्तर क्यारोलिनामा २०१६ र २०२० मा जितेका थिए । तर अन्तर भने घटिरहेको थियो ।

उत्तर क्यारोलिनामा अन्तिमपटक डेमोक्रेटिक उम्मेदवार बाराक ओबामाले सन २००८ मा चुनाव जितेका थिए । तर ओबामा २०१२ मा पुनःनिर्वाचनमा रिपब्लिकन उम्मेदवार मिट रोम्नीसँग पराजित भएका थिए।

अमेरिकामा लोकप्रिय नेपाली अनलाइन खसोखास बाट 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ११ : २७ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत