१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल



ललितपुर । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नेपाल विश्वविद्यालयको आज ललितपुरमा भएको विश्वविद्यालय उद्घोषणासभा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनले यो विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्रै नभएर संसारका विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताए ।

“यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो”, उपप्रधानमन्त्री पौडेलले भने ।

सरकार अभिछिन्न रुपमा विश्वविद्यालयको साथमा रहनेछ भन्दै उनले यो विश्वविद्यालय विशिष्ट किसिमको योगदान दिने विश्वविद्यालयका रुपमा परिचित हुने विश्वास व्यक्त गरे ।

“यसले वैधानिक हैसियत प्राप्त गरेपछि पनि धेरै कुरा उठेका छन्, मानवीय मूल्यमा आधारित भए मानवीय आवश्यकतालाई परिपूर्ति गर्ने विश्वविद्यालयका रुपमा विकास होस् भन्ने अपेक्षा छ, उद्देश्यअनुसार काम गर्न सकोस्”, उपप्रधानमन्त्री पौडेलले भने । विश्वविद्यालय स्थापनाका लागि चालेका कदम सहज नभएको बताउँदै उनले स्थापनाका लागि चालेका कदम, निरन्तरता र अथक प्रयासले सार्थकता पाओस् भन्ने कामना गरे ।

“यात्रा सहज छैन, सबै चुनौतीहरुलाई पार गर्दै नयाँ उचाइ हासिल गर्न सकोस्, आगामी दिनमा सरकारकोतर्फबाट निरन्तर सहयोग हुन्छ”, उनले भने । उनले विश्वविद्यालयले सरकारको साथको मात्रै अपेक्षा गरेर परनिर्भर नहुन आग्रह गर्दै आफ्नै बलबुतामा विशिष्ट किसिमले स्थापित हुन अनुरोध गरे ।

नेपाल विश्वविद्यालय विकास बोर्डको अन्तर्राष्ट्रिय परामर्श बोर्डका अध्यक्ष तथा ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानाडाका प्रोफेसर रोवर्ट उलर्डले नेपाल विश्वविद्यालयले दक्ष जनशक्ति पलायन हुने अवस्थालाई रोक्नसक्ने अवसर सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे । उनले नेपालको विकास र समृद्धिका लागि विश्वविद्यालय स्थापना भएकामा आफू निकै खुसी भएको वताए ।

संरचना र सञ्चालनका केही छुट्टै विशेषता भएको नेपाल विश्वविद्यालयले संरक्षक परिषद्बाट सञ्चालन हुने शासकीय स्वायत्तता कायम राख्दै, बहुविधागत लिवरल आर्टस् एण्ड साइन्स’ अवधारणामा आधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा अर्जुन कार्कीले जानकारी गराए ।

“यसले अन्य क्याम्पस तथा कलेजलाई सम्बन्धन दिने छैन । नेपाल विश्वविद्यालयले आफ्नै सङ्काय, आङ्गीक निकाय र पठनपाठनको गुणस्तरमाथि विशेष ध्यान दिनेछ । अन्तर्राष्ट्रिय सहकार्यमार्फत पठनपाठन र अनुसन्धानलाई प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको छ”, उनले भने ।

गाउँपालिका महासङ्घको अध्यक्ष लक्ष्मी पाण्डेले ऐन पारित भई आधिकारिक रुपमा स्थापित हुन सफल भएकामा विश्वविद्यालयलाई बधाई दिइन् । उनले यस विश्वविद्यालयले चेतनशील र सिर्जनशील जनशक्ति तयार गर्नसक्ने विश्वास व्यक्त गरिन् । उनले नेपाली विद्यार्थीको भविष्य उज्ज्वल बनाउन विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गर्दै समयको मागअनुसारको आवश्यकता परिपूर्ति गर्नसक्ने अपेक्षा राखिन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : १७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले