११ श्रावण २०८३, सोमबार | July 27, 2026

नगरपालिकाले रोपेका बिरुवा काट्ने भुसाल पक्राउ, अभद्र व्यवहारमा मुद्दा



कोहलपुर । कोहलपुर नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने एकजना स्थानीयलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१० रामनगरमा नगरपालिकाले रोपेका बिरुवा रातिको समयमा काट्ने स्थानीय लक्ष्मी प्रसाद भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

सडकको बिचभागमा हुर्केका ५ वटा स्वामीको रुख काटेको अभियोगमा भुसाललाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । भुसालले गत भदौ २४ गते राती आराले धमाधम काटेर ५ वटा स्वामीका बिरुवा ढलाइदिएका थिए ।

भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको हो । कोहलपुर नगर प्रहरीको जाहेरी र वन कार्यालयको अनुमतिमा भुसाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख धर्मराज भण्डारीले बताए । भुसाल विरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान जारी रहेको उनले बताए ।

प्रहरीका अनुसार भुसालले बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा भुसालले बीच सडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले काटिदिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ८ : १५ बजे

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच