६ पुस २०८२, आइतबार | December 21, 2025

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन



काठमाडौं । विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’मा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् ।

महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । सम्मेलनमा सहभागी अमेरिकस्थित महर्षि विश्वविद्यालयका कुलपति जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्नसक्ने बताए । योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उनले बताए ।

महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि आयोजना भएको छ ।

विश्वभर वैदिक परम्पराको प्रवद्र्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको उद्देश्यका साथ आयोजित महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : ५७ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा