६ पुस २०८२, आइतबार | December 21, 2025

सुर्खेत-दैलेख सीमानामा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, २५ जना घाइते



रानिमत्तामा गाडी दुर्घटनाः चारको मृत्यु, २५ जना घाइते

सुर्खेत । सुर्खेत-दैलेख सिमानामा पर्ने रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं गाडी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते २५ जनाको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । “चार जनाको दुर्घटनास्थलमा मृत्यु भएको छ, घाइते २५ जनालाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएका छौँ, घाइतेमध्ये केहीको अवस्था गम्भीर छ, दुर्घटना कसरी भयो, अनुसन्धान गरिरहेका छौँ”, उनले भने ।

गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेकाले आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रनाउ विश्वकर्माले बताए । गाडीमा २९ जना यात्री सवार थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ४ : ५९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा