२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

रातानाङ्ला दुर्घटनाका मृतकको सनाखत



सुर्खेत । दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटनाका मृतकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका(५ दैलेखका ३८ वर्षीय गाडी चालक सुरेश केसी, सोही गाउँपालिका-२ का ३६ वर्षीय कर्ण विष्ट, २१ वर्षीया सङ्गीता विष्ट र वडा नं १ का १७ वर्षीया दिपिका महताराको मृत्यु भएको हो ।

उनले भने, “दुर्घटनाको खबर आउनेबित्तिकै सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ३० जनालाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याउँदा चिकित्सकले चार जनाको मृत्यु भएको घोषणा गरेका थिए ।” घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १० : २२ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा