५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘मिसिङ : केटी हराएको सूचना’ को प्रदर्शन स्थगित



काठमाडौं । आउँदो कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको छ ।

चलचित्रका वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरिरहेको र नयाँ चलचित्र आउँदा ‘शो’ बाँडफाँडमा समस्या हुने भएकाले नयाँ मिति सार्वजनिक नभएसम्मका लागि ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको जानकारी दिए ।

उनले भने, “पछिल्लो समय नेपाली चलचित्रले पाइरहेको दर्शकको साथले सबै चलचित्रकर्मीलाई उत्साहित बनाएको छ । गत दसैँदेखि छठसम्म नेपाली चलचित्रको व्यापार हेर्ने हो भने हामी अब विदेशी चलचित्रसँग डराउनुपर्ने अवस्था छैन । त्यसैले हामीले ‘मिसिङः केटी हराएको सूचना’ हाललाई प्रदर्शन रोक्ने र चलिरहेका नेपाली चलचित्रलाई साथ दिने घोषणा गरेका छौँ ।”

नयाँ चलचित्र आउँदा दर्शकको साथ प्राप्त चलचित्रलाई असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु आफ्नो दायित्व ठानेको निर्देशक दीपेन्द्र गौचनले बताए । उनले भने, “हामी छिट्टै नयाँ प्रदर्शनको समय तय गर्नेछौँ । अहिलेलाई हामीले नेपाली चलचित्रको उत्सवलाई ऐक्यबद्धता दिएका हौँ । हामीले अब यसरी नै आपसी समझदारीमा अगाडि बढ्नुपर्छ ।”

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ झन्डै ३२ वर्षपछि निर्देशन गरेका हुन । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटिएको उक्त चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ०९ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत