२१ असार २०८३, आइतबार | July 5, 2026

यु-१९ महिला टि-२० विश्वकप छनोट : नेपाल युएईसँग पराजित



काठमाडौँ । युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो ।

युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन् । साना प्रवीण र सोनी पाख्रिनले समान १९÷१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र एलिशाकुमारी यादवले तीन रन बनाइन् । यो खेलमा नेपालले अतिरिक्त तीन रन पाएको छ । युएईका लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । युएईका लागि रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाएकी हुन् ।

यस्तै लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले ८, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए । ऋषिता राजित र अवनी सुनिल पाटिलले समान ९÷९ रन बनाए । युएइले अतिरिक्त १० रन प्राप्त गरेको हो ।

नेपालका लागि रिया शर्माले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान १÷१ विकेट लिए । एसिया छनोटमा नेपालको यो पहिलो हार हो । यसअघि नेपालले दुई खेल जितेको थियो । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

नेपालले आइतबार थाइल्याण्डसँग चौँथो खेल खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : ४२ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी