१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सिआइबीले भन्यो -‘बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूस्’



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ ।

सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पहिलेपहिले बढ्दो प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम टिकटक, मेल, वाट्सएप भाइबर, इमेललगायत) को माध्यमबाट चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर बैङ्क तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्ने गरेकामा अहिले भने ह्याकरले बैङ्कका कर्मचारी बनेर ठगीका गतिविधि गर्न थालेको बताए ।

प्रवक्ता बोगटीले भने, “त्यसैले हामीले सार्वजनिक सूचना नै जारी गरेर यस्तो गतिविधि हुने बित्तिकै सिआइबीमा खबर गर्न भनेका छौँ, यसरी फोन गर्ने व्यक्तिबारे समयमै जानकारी आयो भने आर्थिक अपराध रोक्न सकिन्छ ।”

सिआइबीले विभिन्न बैङ्क तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता नवीकरण गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण जस्तै एकाउन्ट नम्बर, जन्ममिति, ओटिपी कोड, ठेगानालगायत गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा ह्याकरहरूले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरू लिने तथा बैङ्कमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेको उजुरीहरू पनि केही दिनदेखि प्राप्त भइरहेको जानकारी गराएको छ ।

सिआइबीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “यस्ता गतिविधि बढ्न थालेकाले त्यस्ता शङ्कास्पद÷अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैङ्क वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ । साथै यस्ता अनलाइन ठगी÷बैङ्किङ ठगी कसुरबाट बच्न सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।”

यता बैङ्कहरुले भने कर्मचारीहरूले ग्राहकबाट कहिल्यै पनि व्यक्तिगत विवरण नमागिने स्पष्ट पार्दै आएको छ । प्रविधिको विकाससँगै फरक खालका आर्थिक अपराधका घटना बढ्न थालेको र अन्तरदेशीय आर्थिक अपराधहरू भइरहेकाले चुनौती थपिँदो रहेको नेपाल प्रहरीको निष्कर्ष छ ।

त्यही कारण नेपाल प्रहरीले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान ब्यूरो स्थापनाको पहल गरिएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए । प्रहरी प्रधान कार्यालयले उक्त ब्यूरोका लागि अवधारणापत्र तयार पारी गृहमन्त्रालयमा समेत पेस गरिसकेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १० : २३ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर