२१ भदौ २०८३, आइतबार | September 6, 2026

बोक्सी कुप्रथाविरुद्धको सामाजिक फिल्म ‘अग्निदहन’ मंसिर ७ मा आउदै



बुटवल । बोक्सी कुप्रथाविरुद्ध सामाजिक सन्देश दिने फिल्म ‘अग्निदहन’को प्रदर्शन मिति तय गरेसंगै आफ्नो प्रमोशनल टुरलाई तिब्र बनाएको छ । २०७५ सालमै अवार्ड प्राप्त गर्न सफल फिल्मलाई वर्षौं लामो पर्खाइपछि निर्माताले मंसिर ७ गते फिल्म रिलिज हुने घोषणा गरेका हुन् ।

शनिबार देखि मोफसल यात्रामा निस्किएको फिल्म ‘अग्निदहन’ राष्ट्रपति कार्यालयमा समेत प्रदर्शन गरिएको थियो । यो फिल्मलाई देशब्यापी च्यारिटी स्क्रिनिङ गरिएको छ । आइतबार पोखरा पछि बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बिशिस्ठ संरक्षक मोहनराज पौडेलले आफु व्यवसायिक रुपमा पैसा कमाउन भन्दा अपनी सामाजिक कुप्रथा बिरुद्ध फिल्म मार्फत अभियान लिएर आएको बताएका छन् । उनले काठमाडौं जाने क्रममा बाटोमा देखिएको बोक्सी कुप्रथालाई टपक्क टिपेर फिल्म बनाइएको समेत बताए ।

त्यस्तै निर्देशक घनश्याम लामिछानेले ‘बोक्सीको आरोपमा धेरै महिलाहरुमाथि अनैतिक कार्य, कुटपिट, लाञ्छना, आरोप लागाउने काम भएको छ, त्यस्ता सत्य घटनालाई सामाजिक कथाको रुपमा फिल्मले उतार्ने प्रयास गरेको बताए । नेपाली फिल्मलाई पछिल्लो समय दर्शकले अपार माया दिएकै कारण यो सामाजिक अभियान सफल हुन्छ भन्नेमा आशावादी रहेको निर्देशक लामिछानेले बताए । निर्देशक घनश्याम लामिछानेले डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताए । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने । ‘मान्छे कोही पनि बोक्सी हुँदैन’ भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको लामिछानेको भनाइ छ । उनले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ ।

चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले तिलोत्तमामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेता प्रकाश घिमिरेले फिल्मको सामाजिक अभियानमा जोडिन पाउदा खुसि ब्यक्त गरेका छन् । यो एक परिवारका बालबालिका, बिद्यार्थी, अभिभावक, र अभियन्ताहरुले समेत हेर्ने पर्ने सामाजिक फिल्म भएकाले सबैको माया पाउनेमा आशाबादी रहेका छन् । आफुले अहिले सम्म गरेको कथा भन्दा फरक रमाइलो र हेर्ने पर्ने चलचित्र ‘अग्निदहन’ बनेकोले सबै दर्शकले माया गरिदिन आग्रह समेत गरेका छन् । फिल्म टोली पोखरा, बुटवल हुँदै आजै चितवन पुग्ने छ भने हेटौडा, झापा लागायतका जिल्लामा पुगी दर्शक र पत्रकार भेटघाट कार्यक्रम गर्ने निर्देशक घनश्याम लामिछानेले बताएका छन् ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला ताम्राकार तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ।फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : २८ बजे

भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

गोरखामा बाढीले पुलसहित तीन घर बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नामरुङमा आएको बाढीले पुलसहित तीनवटा

नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति