१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

अनाथका लागि सिमली मन्टेश्वरी स्कुल सञ्चालन गर्न कार्तिक २८ गते सांस्कृतिक कार्यक्रम हुने



बुटवल । मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुल बुटवल उपमहानगरपालिका वडा न-११ दुर्गानगरमा सञ्चालन गरिएको छ । अनाथ तथा गरिब परिवारका बालवालिकालाई निःशुल्क पढाउने उद्वेश्यले उक्त स्कुल सञ्चालन गरिएको हो ।

सोही स्कुल सञ्चालनका लागि आर्थिक संकलन गर्नका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरी मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलका अध्यक्ष महेन्द्रराज शर्मा अर्यालले जानकारी गराए ।

मन्टेश्वरी स्कुल सञ्चालनका लागि यही कार्तिक २८ गते सोही स्कुलको प्राङणमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अध्यक्ष अर्यालका अनुसार मितेरी इन्टरनेशनल सिमली गैरनाफामुखी संस्था हो । सामाजिक कल्याण परिषद्मा आवद्ध भएको संस्थाले विगतदेखि सामाजिक र समसामयिक बिषयमा कार्यक्रम गर्दै आएको छ ।

शिक्षा क्षेत्रमा लगानी गरेर अनाथ तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने उद्देश्यले स्कुल खोलिएको र स्कुललाई स्तरउन्नती गर्दै कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको अध्यक्ष अर्यालले बताए । स्व. लिला अर्यालको नाममा स्कुल स्थापना गरिएको र अहिले पढ्दै गरेका २५ जना विद्यार्थी शिक्षासहित पोशाकसमेत निःशुल्क उपलब्ध गराईएको छ ।

विशुद्ध गेैरनाफामुखी संस्था खोलेर अनाथ सँगेै अन्य आर्थिक स्थिति राम्रो भएका परिवारका बालबालिकालाई न्यून शुल्कमा अध्ययन गराइने अध्यक्ष अर्यालले बताए । शिक्षालाई व्यापार बनाइएकाले विपन्न परिवार र अनाथ बालबालिकाहरु शिक्षाबाट बञ्चित भएकाले संविधानले दिएको अधिकारलाई उपयोग गरेर मण्टेश्वरी स्कुल सञ्चालन गरिएको मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुलकी प्रिन्सिपल मधु महतराले बताइन।

यही कार्तिक २८ गते दिउँसो २ बजेदेखि शुरु हुने सांस्कृतिक कार्यक्रम खुल्ला हुने र टिकट नलाग्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

सांस्कृतिक कार्यक्रमबाट १० लाख आर्थिक संकलन गर्ने आयोजकहरुको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : २९ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने