५ पुस २०८२, शनिबार | December 20, 2025

उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली



विराटनगर । मन्त्रिपरिषदको बैठक बसालेर महसुल नतिरेका उद्येगीको विद्युत जोड्न निर्देशन दिँदा पनि विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन नजोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाए ।

उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “कुनै पनि हालतमा देश बिगार्न दिइन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।”

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरि बसेका उद्योगीहरुको काटिएको लाइन जोड्न उर्जा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पारे ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : ५२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र