१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन



काठमाडौं । राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन । परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिमा सावित्री टण्डन, अर्जुन पाण्डेय, श्रीराम तिमल्सिना, फणीन्द्रप्रसाद पौडेल क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष छन । यसैगरी परिषद्को सदस्यमा शान्ता भट्टराई, अग्नि उपाध्याय, देवराज उपाध्याय, तेजकुमार भट्टराई रहेका छन । पुनःगठित समितिलाई एक हजार आठ स्वामी डा केशवानन्द गिरी र एक हजार आठ स्वामी निश्शेषानन्दज्यूले रुद्राक्ष माला लगाएर सफल कार्यकालको शुभकामना दिएका थिए ।

परिषद्को स्थापना विसं २०६२ मा देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट सुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई पुनःगठित गरिएको हो ।

कार्यक्रममा स्वामी जगन्नाथाचार्य, संस्थापक अध्यक्ष प्रा डा गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकालीसम्मका ३० भन्दाबढी गुरुकुलका प्रतिनिधिको विशेष सहभागितामा भेला आयोजना गरिएको हो ।

स्वामी केशवानन्द गिरिले गुरुकुललाई प्रविधिसँग जोडिन आग्रह गर्दै आफ्नो संस्थाले पनि प्रविधिसँग जोडिएर विभिन्न काम गरेको बताए । श्री एक हजार आठ स्वामी निश्शेषानन्दले शुभकामना मन्तव्य राख्दै गर्दा विद्यार्थी धेरैलाई संस्कृत पढाएको भन्दै तीमध्ये निकै कममात्र संस्कृतका क्षेत्रमा लागेको पाइएकाले सबैलाई दक्ष विद्यार्थी उत्पादन गर्न र संस्कृत क्षेत्रमा निःस्वार्थ काम गर्न प्रेरणा दिनुपर्नेमा उनले जोड दिए । परिषद्ले शिक्षा मन्त्रालयअन्तर्गत रही देशभर फैलिएका गुरुकुललाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : २२ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म