१ चैत्र २०८२, आइतबार | March 15, 2026

चीनमा मुख्यमन्त्रीको सम्वोधनः प्रदेशको समग्र विकासमा खुलेर लगानी गर्न आह्वान



चीन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समग्र प्रदेशको विकासमा लगानी गर्न आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशभित्र कुनै पनि क्षेत्रमा सिचुवान प्रान्त लगायत कुनै पनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्राउन र लगानी सुरक्षित गर्न आवस्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न आह्वान गरे ।

लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिदै मुख्यमन्त्री आचार्यले सम्मेलनमा सहभागी हुन कुटनैतिक नियोग मार्फत पत्रचार हुने बताए । उनले सिचुआन प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्थालाई उत्साहपूर्ण उपस्थितीको लागी आह्वान गरे ।

सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी र गौतम बुद्धको जन्मस्थललार्इ समृद्ध बनाउने, यसलाइ बिश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउने दायीत्व सबैको साझा रहेको बताए । उनले लुम्बिनीसँग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गर्न चिनिया लगानीकर्ताहरुलाई आह्वान गरे । ‘लुम्बिनी, गौतम बुद्धको जन्मस्थललाइ समृद्ध बनाउने, यसलाइ बिश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउने दायीत्व हामी सबैको साझा हो । तसर्थ यससंग जोडिएका बिकास निर्माणका कार्यहरुमा साझा लगानी गरौं । साझा प्रतिफल हासिल गरौं बिश्वको शान्ती दिपलाइ थप प्रज्वल्लित गरौं’, मुख्यमन्त्री आचार्यले भने, ‘म हार्दिक आमन्त्रण गर्दछु कि, हामी अब छिटै लुम्बिनीमा लगानी सम्मेलन गर्दैछौं । त्यसको लागि यहाँहरुको उपयुक्त समयका बारेमा छलफल गर्दै सो समयको किटान पश्चात हाम्रो कुटनैतिक नियोग मार्फत पत्राचार गर्नेछौं । त्यसमा यहाँको प्रदेश सरकार, विभिन्न लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्था सबैको उत्साहपूर्ण उपस्थिती हुनेछ ।’

सम्मेलनमा मुख्यमन्त्री आचार्यले बौद्ध पर्यटनको विविधीकृत बिकासका लागि घनिष्ट सहकार्य गर्न आग्रह गरेका थिए । ‘स्थानीय जनता, पर्यटन व्यवसायी र पथप्रदर्शकहरु, हाम्रो सरकार अन्तरगतका बुद्ध सर्किटमा पर्ने नगरपालिकाहरु, लुम्बिनी बौद्ध विश्वविद्यालय, साँस्कृतिक सम्पदास्थलहरु आदिसंग घनिष्ट सहकार्यका लागि समेत आह्वान गर्न चाहान्छु’, आचार्यले भने, ‘लुम्बिनी प्रदेश भित्रका गरिएका बस्तुको उत्पादनहरुको बिकास र ब्राण्डिङ गर्दै हाम्रा जनताको रोजगारी र जीवनयापनसंग जोडन तपार्इहरुको अनुभव प्रविधि मात्र नभै उत्पादित बस्तुको बजार सृजना गर्न, नियमित व्यापार मेला आयोजना गर्न वा लुम्बिनी प्रदर्शनी केन्द्र स्थापना गर्नका लागि पहल गर्न समेत यहाँहरु समक्ष अनुरोध गर्दछु ।’ उनले लुम्बिनी भ्रमण गर्न सिचुआन सरकार, सिचुवानबासी समुदाय तथा आम चिनीया जनतालाई आमन्त्रण समेत गरेका छन् ।

सिचुआन सरकार संग भएको भगिनी सम्वन्धलाई प्रगाढ बनाउन छेन्दु र भैरहवा विच सिधा हवाइ सेवा सञ्चालन गर्न उनले आग्रह गरे । उनले सिधा हवाइ सेवा सुरु हुदा दुई मितेरी प्रदेशका जनताको मित्रता अझ बढी प्रगाढ हुने बताए । ‘हाम्रो मितेरी सम्बन्ध अगाडि बढाउन चाहान्छौं । हामी हाम्रा सिकाइ, अनुभव तथा बिकासका सम्भावनालाइ आदान प्रदान गर्न प्रतिबद्ध छौं र तपाइहरुको प्रतिवद्धताको अपेक्षा गर्दछौं’, सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले भने, ‘चिनिया जनता र नेपाली जनता बिचको अन्तरसम्बन्ध बिकासमा भगवान गौतमबुद्ध र वहाँको जन्मस्थल लुम्बिनीले हामी र हाम्रो भावनालाइ सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेकोछ किन भने हामी नेपालीहरुले लाखौलाख चिनिया तिर्थयात्रीहरुलाइ सो पवित्र स्थानमा स्वागत गर्न पाइरहेका छौं ।’ मुख्यमन्त्री आचार्यले चिनिया बिकास मोडेल, प्रबिधी तथा समृद्धिबाट सिकाई हाँसिल गर्न चाहेको बताए ।

सम्मेलनमा मुख्यमन्त्री आचार्य सहित उनकी श्रीमती दिपा आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, प्रमुख स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने सहभागी छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ११ : ४६ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको