२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी सार्वजनिक



बुटवल । नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेश अन्तर्गत बुटवलमा प्रिमियम र स्मार्ट इभी नामी गाडी सार्वजनिक गरेको छ ।

सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लु वृद्धिका बिजनेश प्रमुख प्रशन्न पन्त तथा डोंगफेंग बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरे ।

सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट मानिएको नामी इभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित अपेक्षा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खाँणले इन्धनको बचत र वातावरणीय प्रदुषण न्युनिकरणका लागि बिद्युतिय सवारीको प्रयोगमा जोडदिनुपर्ने बताए । उनले तिलोत्तमा नगरपालिकाले यस खालका सवारीको सञ्चालनका लागि आवश्यक पुर्वाधार निर्माणमा लगानी गर्ने बताए ।

डोंगफेंगका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट इभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए । उनले विक्री मात्र होइन विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र काकीले विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमा बधाई र शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी, एमएडब्लु वृद्धिका बिजनेश प्रमुख प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए ।

सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।

यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ८ : २६ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा