२५ श्रावण २०८३, सोमबार | August 10, 2026

दोस्रो दिन भैरहवामा रवि लामिछानेसँग बयान लिन सुरु



भैरहवा । सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सुरु भएको छ । बुधबार बिहान सवा १० बजेबाट लाछिानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको हो ।

लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको छ । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा प्रहरी घेरा छल्दै समर्थकहरुलाई ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए । आजभने प्रहरीले लामिछानेलाई घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको छ ।

मंगलबार कास्कीबाट रुपन्देही ल्याइएका लामिछानेसँग बयान नसकिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखेर आज(बुधबार) बिहान १०ः १० बजे पुनः सरकारी वकिलकको कार्यालय लगिएको हो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित तथा सम्बन्धित मुद्दाका अनुसन्धान अधिकारीहरुको उपस्थितिमा उनको बयान सुरु भएको छ ।

मंगलबार प्रारम्भिकरूपमा मौखिक बयान लिइएको भएपनि आज विभिन्न बिस्तृतरुपमा लिखित बयान लिइने स्रोतको दाबी छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा लामिछाने विरुद्ध मुद्दा दर्ता गरि अनुसनधानका लागि उनलाई रुपन्देही झिकाइएको हो ।

इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दाका सन्दर्भमा मंगलबार सरकारी वकिल कार्यालयमा लामिछानेले इन्कारी बयान दिएका छन् । लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएकोबारे आफुलाई कुनै जानकारी नभएको बयान दिएको स्रोतले जनाएको छ ।

लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै रास्वपाका कार्यकर्तादेखि प्रर्दशन गरेका छन् । बुधबार पनि साढे ११ बजे लुम्बिनीगेटमा प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरुको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : २४ बजे

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह