८ चैत्र २०८२, आइतबार | March 22, 2026

साइबर अपराधको आरोपमा एक महिला पक्राउ



काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्‍याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनले भने, “निजकुमारी जानकी बागटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँमा ल्याइ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब महानिरीक्षक अर्यालले बताए । पक्राउ परेकी निज बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको केन्द्रीय साइबर ब्यूरो काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : १२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय